back
NMB ad

नेपाली बजारमा चिनियाँ स्याउ र भारतीय सुन्तलाको बर्चस्व, सवा ५ अर्ब बढीको आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको अवधिमा सवा ५ अर्ब बढीको स्याउ, सुन्तला आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको माघ मसान्तसम्ममा ५ अर्ब १७ करोड ३८ लाख ८६ हजार रुपैयाँ बराबरको स्याउ, सुन्तला नेपाल भित्रिएको हो ।

चालु आवको ७ महिनाको अवधिमा विश्वका विभिन्न मुलुकहरुबाट ७० हजार १५१ टन स्याउ, सुन्तला आयात भएको हो । स्याउ, सुन्तला आयातबाट सरकारले ४९ करोड ५ लाख ७४ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

चालु आवको माघ मसान्तसम्ममा ४ अर्ब ३७ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको ताजा स्याउ नेपाल भित्रिएको हो । नेपालमा छिमेकी दुई मुलुक भारत, चीन, टर्की, गिनी विसाउ देशबाट स्याउ आयात भएको हो । नेपाली बजारमा चिनिया स्याउको बर्चस्व देखिएको छ । चालु आवको ७ महिनामा उक्त देशबाट ३ अर्ब २२ करोड २२ लाख ३० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ ।

उक्त अवधिमा भारतबाट १ अर्ब १५ करोड ३२ लाख ५६ हजार, टर्कीबाट २६ लाख २५ हजार र गिनी विसाउबाट १ लाख ६१ हजार रुपैयाँ बराबरको स्याउ नेपाल भित्रिएको हो ।

यस्तै, विभागको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा ७९ करोड ५६ लाख १४ हजार रुपैयाँ बराबरको सुन्तला नेपाल भित्रिएको छ । नेपालमा चालु आवको ७ महिनामा १४ हजार ५७० टन सुन्तला आयात भएको हो ।

नेपालमा भारत, इजिप्ट र साउथ अफ्रिकाबाट सुन्तला आयात भएको छ । सुन्तला आयातबाट नेपाल सरकारले ७ करोड २१ लाख ८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

नेपाली बजार भारतीय सुन्तलाको कब्जामा देखिएको छ । उक्त अवधिमा भारतबाट ७७ करोड ४८ लाख ७२ हजार रुपैयाँ बराबरको सुन्तला नेपाल भित्रिएको हो ।

यस्तै, माघ मसान्तसम्मा इजिप्टबाट १ करोड १६ लाख ६६ हजार र साउथ अफ्रिकाबाट ९० लाख ७७ हजार रुपैयाँ बराबरको सुन्तला नेपाल आएको छ ।

वि.सं.२०७८ फागुन १७ मंगलवार १८:०५ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...