back
NMB ad

स्वदेशमै उपलब्ध कच्चा पदार्थको छैन उचित प्रयोग, ७ महिनामा करिब ३२ करोडको ४७ हजार टन सिमेन्ट क्लिङ्कर आयात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को माघ मसान्तसम्ममा करिब ३२ करोड रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्याङ्क अनुसार नेपालमा ३१ करोड ९४ लाख १९ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर नेपाल भित्रिएको छ ।

उक्त अवधिमा छिमेकी मुलुक भारतबाट सिमेन्ट क्लिङ्कर आयात भएको हो । चालु आवको ७ महिनामा ४७ हजार ४८८ टन सिमेन्ट क्लिङ्कर नेपाल भित्रिएको विभागले जनाएको छ ।

देशभित्रै उपलब्ध कच्चा पदार्थको उचित प्रयोग नहुँदा वार्षिक करोडौं रुपैयाँकोे सिमेन्ट क्लिङ्कर बाहिरबाट आयात हुने गरेको छ ।

देशको विभिन्न ठाउँमा रहेका चनुढुंगा खानी प्रयोग गर्न नसक्दा ठूलो मात्रामा क्लिङ्कर आयात गर्नुपरेको हो । सरकारले नेपाली चुनखानीलाई अधिकतम प्रयोग गरी क्लिङ्कर आयात शुन्यमा झारी निर्यात गर्ने योजना बनाएको छ । त्यसका लागि उद्योग मन्त्रालयले सिमेन्ट उद्योगलाई चुनखानीसम्म जाने सडक निर्माण तथा विजुली विस्तारमा सहयोग गर्दै आएको छ ।

विभागका अनुसार पछिल्लो एक महिनाको अवधि (पुस मसान्त–माघ मसान्त) सम्मको तथ्याङ्क हेर्ने हो भने सिमेन्ट क्लिङ्कर आयात १०.५७ प्रतिशतले वृद्धि भएको हो ।

चालु आवको पुस मसान्तसम्म २८ करोड ८८ लाख ८२ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको थियो ।

विभागका अनुसार चालु आवको पहिलो महिना अर्थात साउनमा ३ करोड ४३ लाख ९८ हजार, भदौमा ८ करोड ३३ लाख ९५ हजार, असोजमा १५ करोड १६ लाख ८३ हजार रुपैयाँ बराबरको सिमेन्ट क्लिङ्कर आयात भएको जनाएको छ । चालु आवको भदौ मसान्तदेखि असोज मसान्तसम्म आईपुग्दा भने सिमेन्ट क्लिङ्कर आयात ८१.८८ प्रतिशतले बढेको हो ।

यस्तै, चालु आवको ४ महिना अर्थात कात्तिक मसान्तसम्म १९ करोड ५९ लाख ९१ हजार, मंसिरमा २४ करोड २९ लाख २६ हजारज जरुपैयाँ बराबरको ३६ हजार ३६९ टन सिमेन्ट क्लिङ्कर नेपाल भित्रिएको विभागले जनाएको छ ।

सिमेन्ट क्लिङ्कर आयातबाट सरकारले १७ करोड ३ लाख ३७ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ फागुन १८ बुधवार १२:५९ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...