back
NMB ad

‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

Kumari bank ad

काठमाडौं । लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पश्चात यसलाई सिरिजको रूपमा अगाडि बढाइरहेका थिइ । तर, उनले यसलाई ब्रेक गर्दै बाहिरी ब्यानरको फिल्म ‘हजार जुनीसम्म’ निर्देशन गरे । उनले सिरिजलाई निरन्तरता नदिई नयाँ नाममा फिल्म गरे । यद्यपि, फिल्म ’बक्स अफिस’ मा सफल हुन् सकेन ।

त्यसपश्चात निर्देशक आचार्य आफ्नै सफल सिरिजमा फर्किने भएका छन् । उनले केही समय अगाडि नै फिल्मलाई तयार गर्ने सोच बनाएका थिए । तर, कोरोनाभाइरसद्वारा सिर्जित अवस्थाले गर्दा फिल्म छायांकनमा जान सकेको छैन ।

कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म छायांकनमा जाने तयारीमा छ । वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेतको अभिनय रहने पक्का छ । फिल्मको कथा लेखन स्वयं निर्देशक आचार्यकै छ । कथालाई पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई साथ दिएका छन् । पटकथाकार तिमल्सिनाले फिल्मको लागि अभिनेत्री खोजिरहेको बताए ।

‘हामी अभिनेत्री खोजिरहेका छौँ । कथामा रहेको पात्र सुहाउँदो अभिनेत्री भेटाए सेलेक्ट गर्छौ,’ तिमल्सिनाले भने । उनले फिल्ममार्फत अभिनेताको रूपमा नयाँ अनुहारले डेब्यु गर्ने पनि बताए ।

तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने फिल्ममा एक अभिनेत्री समेत डेब्यु अनुहार हुनेछिन् । ‘स्थापित सिरिजमार्फत प्रतिभा भएका नयाँ अनुहारलाई मौका दिने उद्देश्यका साथ कथामा सुहाउँदो भएकाले नयाँ अनुहारको खोजिभइरहेको हो,’ तिमल्सिनाले भने ।

वि.सं.२०७८ फागुन १८ बुधवार १३:१० मा प्रकाशित

You can share this post!

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...