back
NMB ad

अब नेपालमा बोटको उच्च स्तरीय उत्पादन

Kumari bank ad

काठमाडौं । भारतको नम्बर एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरुको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ । यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरुले समयको मागसंगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरु उपभोग गर्न पाउनेछन् ।

इम्याजिन मार्केटिङ लिमिटेडका सीईओ विवेक गम्भीरले भन्नुभयो, “हाम्रा उत्पादनहरु नेपालमा पनि ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । हाम्रो उद्धेश्य सम्पूर्ण युवा उपभोक्ताहरुलाई उनीहरुको चाहना अनुरुपको अडियो सोल्युसन प्रदान गर्ने हो । हाम्रो ब्रान्डलाई विश्वभरीका उपभोक्ताहरुमाझ पु¥याउन हामी सधैंँ प्रयासरत छौँ र यो हाम्रो लागि महत्वपूर्ण कदम हो ।

बोटको लागि नयाँ बजारमा प्रवेश गर्नु महत्वपूर्ण कोसेढुङ्गा हो । इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्स मार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान,विकास, र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठुलो लगानी गरेको छ । कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ ।

टेलिटक प्रा.लि.का कार्यकारी निर्देशक प्रतीक जलानले भन्नुभयो,“बोटले वर्षौंदेखि स्टाइलिश र राम्रो काम गर्ने उच्च–गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको छ ।

यो साझेदारी मार्फत हामीले नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।

वि.सं.२०७८ फागुन २० शुक्रवार १०:४४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...