काठमाडौं । जानकी फाइनान्सको साधारण सभा आज हुँदैछ ।
कम्पनीको सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८७९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले गत फागुन ७ गते बोलाएको कम्पनीको २५औं वार्षिक साधारण सभा स्थगित भएको थियो । सभाका लागि गणपुरक सेयरधनीहरुको सहभागी संख्या नपुगकोल सभा स्थगित गरेको थियो ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २६ गतेदेखि ६ गतेसम्म बुक क्लोज गरेको छ ।
वि.सं.२०७८ फागुन २२ आइतवार ११:२४ मा प्रकाशित