back
NMB ad

बजेट निकासा नहुँदा योगीकुटी-तिनाउ सडक निर्माण अलपत्र

Kumari bank ad

बुटवल । सरकारले बजेट निकासा नगर्दा योगीकुटी-तिनाउ (सीमा) सडक निर्माणको काम रोकिएको छ । बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाको सिमाना जोड्ने यो सडकले योगीकुटीदेखि मगरघाट पुल हुँदै तिनाउ पारि जोड्ने छ । काम सुरु भएको ६ महिना बितिसक्दासमेत सरकारले बजेट नदिएपछि सडक निर्माण रोकिएको हो ।

यसअघि २७ फिट रहेको यो सडक ५० फिट कायम गर्ने गरी बिस्तार थालिएको थियो । डिभिजन सडक कार्यालय बुटवलले सडक बिस्तारको अध्ययन गरेर कम क्षति हुन ५० फिट कायम गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावका आधारमा उपभोक्ताहरूले ५० फिट कायम गर्ने गरी निर्माण गर्न भन्दै सरकारसँग बजेट माग गरेपछि तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सो सडकको शीर्षकमा बजेट बिनियोजन गरेका थिए ।

गत साउनमा ठेक्का सम्झौता भएको यो सडक आसपास पर्ने घरहरूका केही भाग भत्काइसकिएको छ । करिब १८० घरमा गरी ३० करोड रूपैयाँ क्षति भइसकेको तर सडक निर्माण अलपत्र परेको योगीकुटी-तिनाउ (सीमा) सडक उपभोक्ता समितिका अध्यक्ष भूमिप्रसाद सापकोटाले बताए । “यो सडक निर्माणका लागि बजेट विनियोजन भएपछि स्थानीय सबै उत्साहित थिए, तर अहिले शीर्षक नै परिवर्तन भएको सुनिएको छ, धुलो र प्रदूषणका कारण यहाँ यात्रा गर्नेहरूको स्वास्थ्यमा गम्भीर समस्या परिरहेको छ,”उनले भने ।

सडकको कुल लागत ६ करोड ५० लाख रुपैयाँ छ । तर निर्माणमा ढिलाइ हुने भएपछि लागत बढ्ने देखिएको निर्माण कम्पनी सिद्धार्थ दर्शन बीकोन जेभी काठमाडौंका प्रबन्ध निर्देशक सरोज गौतमले बताए ।

गत साउनमा ठेक्का सम्झौता भएको यो सडकको काम असोजबाट सुरु भएको थियो । अहिलेसम्म ५० लाख सम्मको काम भएको गौतमले बताए । “पेस्की दिनु त कहाँ हो कहाँ, काम गरेको ५० लाखको पनि भुक्तानी पाएको छैन, मोबिलाइजेसन, बिल केहीको पनि भुक्तानी नपाएकाले अब काम अगाडि बढाउन सक्ने कुरा भएन,” सापकोटाले भने ।

डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले सडकको फाइल भौतिक पूर्वाधार मन्त्रालयमा रोकिएकाले अगाडि नबढेसम्म काम सुरु हुने सम्भावना नदेखिएको बताए । “भौतिक मन्त्रालयमा गएको फाइल त्यहाँबाट स्वीकृत भएर अर्थमा पुगेपछि बजेट निकासा हुने हो, तर फाईल अगाडि बढेको छैन”, उनले भने ।

सरकार परिवर्तनसँगै उक्त सडक्अन्तर्गतको बजेट शीर्षक नै परिवर्तन गर्नाले समस्या देखिएको सडक कार्यालयका अधिकारीहरूको भनाइ छ । सवारीसाधनको अत्यधिक चाप हुने यो सडक दिनभरजसो व्यस्त हुने गर्छ । व्यस्त सडक धुलाम्मे हुँदा स्थानीय बासिन्दाको मात्र नभएर ओहोरदोहोर गर्ने यात्रीहरूको स्वास्थ्य बिग्रिदै गएको स्थानीय बासिन्दा एवं सापकोटा फार्मेसीका सञ्चालक चोकलाल सापकोटाले बताए ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १४:४० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...