back
NMB ad

ग्लोबल आइएमई बैंक र आईसीएफसी फाइनान्सबीच सम्झौता

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीएफसी फाइनान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट नायव महाप्रबन्धक कल्याण विक्रम पाण्डे र आईसीएफसी फाइनान्सको तर्फबाट नायव महाप्रबन्धक लक्ष्मणप्रसाद जैसीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार आईसीएफसी फाइनान्सका ग्राहकहरुले आफ्नो व्यवसायलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदी सुविधा आईसीएफसी फाइनान्सको सिफारिसमा ग्लोबल आइएमई बैंक मार्फत उपभोग गर्न सक्नेछन ।

साथै, दुवै संस्थाको सहमतीमा दुई संस्थाबीच निक्षेप संकलन, रेमिट्यान्स, अन्तर बैंक कारोबार, निर्देशित लगानी, कन्सोर्टियम फाइनानसिंग र एफएक्स म्यानेजमेन्ट लगायतका सेवाहरुमा सहकार्य हुनेछ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागु हुनेछ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी, राष्ट्रियस्तरको ग वर्गको वित्तीयसंस्था आईसीएफसी फाइनान्सले मुलुकभर २० शाखा, १८ एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १४:३० मा प्रकाशित

You can share this post!

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...