काठमाडौं । साता चौथो कारोबार दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन १ लाख ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेको हो । योसंगै आजका लागि छापावाला सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुन मंगलबार १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चैत महिनाको दोस्रो कारोबार दिन अर्थात आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ चैत २ बुधवार ११:२१ मा प्रकाशित