back
NMB ad

अर्थतन्त्रलाई सुधारको गतिमा ल्याउन आयातमा थप कडाई गर्नुपर्छः पवन गोल्यान

Kumari bank ad

काठमाडौँ । एनएमबी बैंक तथा नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मुलुकको अर्थतन्त्रलाई सन्तुलित सुधारको बाटोमा ल्याउन आयातमा थप कडाई गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

अध्यक्ष गोल्यानले अहिले मुलुकको अर्थतन्त्र भयावह स्थितिमा गुज्रेको बताउँदै यसको दिर्घकालिन समाधानको लागि आयातमा कडाई गर्नु उत्तम विकल्प रहेको बताए ।

अहिले साना व्यावसायीहरुलाई पनि कर्जा दिन सक्ने अवस्था बैंकहरुमा छैन । अहिलेको तरलता अभावको समस्या पहिलाको जस्तो हैन यसलाई सामान्य रुपमा लिने हो भने पछि मुलुकको अर्थतन्त्रले ठुलै दुर्घटना भोग्नुपर्ने उनको प्रक्षेपण रहेको छ ।

अहिले अलिअलि भएको लगानीयोग्य रकम पनि आयातमा नै जाने हो भने यहाँका उद्योगहरु भोलीको दिनमा सञ्चानलनमा आउन नै नसक्ने अवस्था र्सिजना हुन सक्ने उनको आंकलन रहेको छ ।

आयातमा कडाई गर्दा उत्पादनमा वृद्धि हुने गोल्यानको भनाई छ । “आयातमा जति कडाई गर्यो त्यत्ति नै अर्थतन्त्र उत्पादन मुखि हुन्छ, यसले दिर्घकालिन रुपमै अर्थतन्त्रलाई सन्तुलनको गतिमा ल्याउँछ ।” उनले भने ।

“नेपाल अहिले सिमेन्टमा आत्मानिर्भरको अवस्थामा पुगेको छ, पहिला कर कम थियो आयात बढी हुन्थ्यो पछि सरकारले सिमेन्ट तथा छडको आयातमा ३५ प्रतिशत कर लगाईदिएपछि अहिले आत्मानिर्भर भयो, यसबाट के बुझ्न जरुरी छ भने आयातमा कडाई गर्दा केही समय मुल्य वृद्धि भएपनि विस्तारै समायोजन हुन्छ । मुलुकलाई आर्थिक रुपमा बलियो बनाउन निर्यात बढाउनु पर्छ, निर्यात बढाउन उत्पादन बढाउनु पर्छ र उत्पादन बढाउने उपयुक्त उपाय भनेको आयातमा नै कडाई गर्ने हो ।” उनले भने “मुलुकको अर्थतन्त्र विकासको लागि उत्पादन नै गनुपर्छ र उत्पादन बढाउने प्रमुख अस्त्र नै आयातमा कडाई गर्नु हो ”

गोल्यानले खाद्यान्न आयातमा पनि पुर्ण रुपमै रोक लगाउनु पर्ने बताउँछन् । “सिमेन्टको आयातमा कडाई गर्दाको अवस्थामा पनि मानिसहरु घर बनाएरै बसेका थिए केही समय महँगो भएपछि मुल्य समायोजन भएकै हो । नेपाल त अझ कृषि प्रधान देश कृषि उत्पानको लागि प्रवल सम्भावनाहरु छन्, त्यसैले आयातलाई कडाई गर्नैपर्छ ” उनले भने ।

साथै उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन नीतिगत सुधार गरेर जानुपर्ने उनको भनाई छ । कृषिमा लगानी बढाउन बजारको ग्यारेन्टी हुनुपर्ने तथा यदि त्यसमा क्षति भएको खण्डमा सरकारले के गर्ने ? त्यो पनि नीतिगत रुपमै लिपिवद्ध हुनुपर्ने उनले बताए ।

त्यस्तै मंगलबार नेपाली काँग्रेका महामन्त्री गगन थापासँगको भेटमा पनि आफुले सोही कुरा राखेको बताएका छन् ।

थापासँगको भेटमा रेमिट्यान्स भित्र्याउन प्रोत्साहन केही कार्यविधिहरु अवलम्बन गर्नुपर्ने बताएका छन् । अहिले बैंकिङ च्यानलमार्फत आउने रेमिट्यान्समा बैंकहरुको तर्फबाट १ प्रतिशत ब्याजदर थपे जसरी सरकाले पनि थप गरेर रेमिट्यान्समा आकर्षण बढाउनुपर्ने सुझाव दिएका हुन् ।

त्यस्तै उनले थापसँगको भेटघाटमा नेपालमा बिजुली महँगो भएको र यसको दर घटाएर स्वदेशमै खपत बढ्ने नीति लिनुपर्ने सुझाव पेसा गरेका छन् । यता बैंकहरुलाई लगाईएको ३० प्रतिशतको आयकरको दरलाई २० प्रतिशतमा झानुपर्ने माग गर्दै आएका छन् ।
मंगलबार गगन थापालाई र उद्योगीहरुबिच होटल याक एण्ड यतीमा छलफल भएको थियो ।

वि.सं.२०७८ चैत २ बुधवार १८:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...