काठमाडौं । होली पर्वको दिन रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) सेवा सुचारु हुने भएको छ ।
राष्ट्र बैंकका अनुसार फागु पुर्णिमाको दिन चैत ३ गते आज र ४ गते भोलि पनि सार्वजनिक बिदा हुने भएपनि आरटीजीएस सेवा भने बन्द नहुने भएको छ ।
एक सूचना निकाल्दै बैंकले पहाडमा चैत ३ गते र तराइका जिल्लाहरुमा चैत ४ गते सार्वजनिक बीदा रहेको छ । उक्त दिन पनि यो सेवा नियमित हुने भएको छ ।
वि.सं.२०७८ चैत ३ बिहीवार ११:०९ मा प्रकाशित