काठमाडौं । बिहीवार सुनको मूल्य वृद्धि भएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य भने ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । बुधवार यो सुन ९८ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, साताको पाँचौ कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ । बुधवार भने चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ चैत ३ बिहीवार ११:१६ मा प्रकाशित