back
NMB ad

११ कम्पनीले डाके साधारण सभा: अधिकांशको मुख्य एजेण्डा लाभांश पारित, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । चैत महिनामा करिब एक दर्जन कम्पनीहरुले साधारण सभा आव्हान गरेका छन् । हालसम्म ११ कम्पनीहरुले सभा आव्हान गरेका हुन ।

साधारण सभा बोलाएका कम्पनीहरु मध्ये अधिकांशको लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ भने केहीको आईपीओ निष्काशन तथा मर्जर लगायत एजेण्डा तय गरेका छन् ।

कुनको कस्ता एजेण्डा ?

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो चैत ६ गते वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, कम्पनीको नियमावली संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु छलफल गरी पारित गर्ने एजेण्डा रहेका छन् ।

नेको इन्स्योरेन्स कम्पनी

नेको इन्स्योरेन्स कम्पनीले लिमिटेडले २६ औं वार्षिक साधराण सभा चैत ९ गते बोलाएको छ । कम्पनीको फागुन १६ गते बसेको संचालक समितिको बैठकले उक्त दिन सभा बोलाएको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत अर्थात् प्रत्येक १०० कित्ता बराबर १५ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि चुक्तापूँजीको शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै जारी गरिने बोनस सेयरको हदसम्म जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, आव २०७७/७८ को वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि चैत १ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो चैत ११ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको हो ।

कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । सभामा कम्पनीको नियमावलीको नियममा आवश्यक संशोधन गर्ने र सो संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाब आएमा सो सम्बन्धी काम गर्न सञ्चालक समितिलाई निर्देशन दिनेछ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसका साथै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंकले साधारण सभाका लागि मिति तग गरेको छ । बैंकको सभा आउँदो चैत १८ गते डाकेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र थप संस्थापक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपश्चात कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।

सभाले लाभांश प्रस्तावका साथै बोनस शेयरपश्चात कायम चुक्ता पूँजीको ५१ प्रतिशत संस्थापक सेयर कायम गर्न नपुगेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर निष्काशन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विशिन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले चैत ४ गतेदेखि १८ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले चैत २० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव बिनै साधारण सभा गर्न लागेको हो ।

यसअघि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपनि नियामक नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछि प्रस्तावित लाभांश रद्द भएको थियो ।

केन्द्रीय बैंकले क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको भन्दै लाभांश प्रस्ताव अस्वीकृत गरेको थियो ।

सभा प्रयोजनका लागि चैत ८ गतेदेखि बुक क्लोज हुने भएकाले चैत ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सहभागिता जनाउन सक्नेछन् ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत २१ गते सभा बोलाएको छ । कम्पनीले सभाले लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६० बराबर ४० अनुपातलाई परिवर्तन गरी ५१.४९ प्रतिशत कायम गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । सभा होटल भिस्वा, वीरगंजमा बिहान ९ गते हुनेछ ।

सामलिङ्ग पावर

सामलिङ्ग पावर कम्पनीले आउँदो चैत २१ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नेछ ।

सोही दिन हुने सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

सभाले हाल कायम सञ्चालक समितिको संख्या ११ जनाबाट घटाएर ७ जना बनाउने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

यसका साथै सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट एक जना तथा समूह ‘ग’ बाट एक जना गरी २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ ।

साधारण सभा प्रयोजनका चैत ७ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।

नेपाल टेलिकम

नेपाल टेलिकम लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले पहिलो पटक लाभांश वितरण गर्नका लागि सभा बोलाएको हो ।

कम्पनीले आउँदो चैत २४ गते सभा गर्ने भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।

नेपाल आयल निगम

नेपाल आयल निगमको ४०औं वार्षिक साधारण सभा आउँदो चैत २५ गते हुने भएको छ ।

कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा गर्ने निर्णय गरेको हो । सभा कम्पनीको सभाकक्ष टेकु, काठमाडौंमा दिउँसो १ बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक एवम् खर्च अनुमोदन गर्नेछ ।

यसका साथै आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

जीवन विकास लघुवित्त

जीवन विकास लघुवित्त वित्तीय संस्थाले आउँदो चैत २५ गते तेस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई ७० प्रतिशत बोनस सेयर र करसहित ३.प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले अन्य कुनै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव रहेको छ ।

यस्तै, अन्य प्रस्तावमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका चैत १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।

तारागाउँ रिजेन्सी होटल

तारागाउँ रिजेन्सी होटलको फागुन २० गते बसेको संचालन समितिको बैठकले २५औं साधारण सभा चैत २७ गते गर्ने निर्णय गरेको छ ।

सभाको प्रस्तावमा २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने रहेको छ ।

यस्तै, सभामा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने, प्रबन्ध सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव रहेको छ ।

साधारण सभा प्रयोजनका कम्पनीले चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ चैत ४ शुक्रवार १७:२५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...