back
NMB ad

सीबीफीन र एडीबीले आत्मनिर्भर अर्थतन्त्रका लागि संयुक्त रूपमा काम गर्ने

Kumari bank ad

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले एसियाली विकास बैंकको छोटो भ्रमणमा नेपाल आएका मनिलाका शीर्ष प्रतिनिधिमण्डलसँग छलफल गरेको छ ।

छलफल पश्चात मनिलाको प्रतिनिधिमण्डलले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण, स्थानीय तथा उत्पादनशील उद्योगलाई ऋणमा सहज पहुँच र अन्य रसद पूर्वाधारको माध्यमबाट स्वदेशी अर्थतन्त्रको प्रवर्द्धनका लागि सीबीफीनसँग मिलेर काम गर्ने इच्छा व्यक्त गरेको छ ।

सीबीफीनले आयोजना गरेको विशेष बैठकमा दक्षिण एसिया मामिला हेरिरहेका एडीबी मनिलाका उपमहानिर्देशक मनमोहन परकाशले नबिन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित भएर क्रेडिट, विश्वव्यापी बजार अवसरहरू, अन्वेषण र नयाँ प्रविधि उपलब्ध गराई देशको आफ्नै स्रोत साधनले अर्थतन्त्रलाई दिगो बनाउनुपर्ने बताएका छन् ।

त्यसैगरी नेपाललाई अबको दिनमा Infrastructure Financing Mechanism, Micro Entrepreneurship Development Project, SME Financing आबस्यक भएको कुरा उउपमहानिर्देशक परकाशले बताए ।

‘साना तथा मझौला ब्यवसयीहरुलाई विनाधितो कर्जा उपलब्ध गराउनु पर्छ अनि मात्र उनीहरु दिगो रुपमा आफ्नो ब्यवसाय संचालन गर्न सक्छन, एमएसएमईहरुबाट ठूलो रोजगारी सृजना हुने हुनाले यी उद्योगहरूलाई वित्तीय पहुच, बजार र पूर्वाधारसंगै सीपको सहित सहयोग गरिनुपर्छ, ’ उनले भने ।

परकाशले कुनै प्रक्रियागत बाधा बिना उचित ब्याज प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन् । एमएसएमईहरुलाई प्रभावकारी रूपमा सञ्चालन गर्न धितो–रहित ऋण दियो भने मात्र उनीहरु बाच्न सक्ने उनको भनाई थियो ।

महिला नै समाजका वास्तविक परिवर्तनका संवाहक रहेको बताउँदै उनले महिलालाई सीप र सहज वित्तीय पहुचको माध्यमबाट ब्यबसाय प्रबर्धन गरी दिगो बनाउन सक्यो भने अर्थतन्त्रलाई ठुलो सहयोग पुग्ने सुझाब दिए ।

बैठकमा सीबीफीनका अध्यक्ष पवन कुमार गोल्यानले आजको आर्थिक संकटको बेलामा एडीबीले नेपाललाई एक अर्ब डलरभन्दा बढीको सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरेका छन् ।

जसले गर्दा तरलताको समस्या पनि समाधान हुने र बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रलाई लक्ष्यअनुरूप ऋण पनि दिन सक्ने बताए । व्यावसायिक क्षेत्रका उद्यमीहरू कोभिड १९ ले थला परेका उद्योग पूर्ण क्षमतामा संचालन भए आर्थिक क्रियाकलाप चलायमान हुने निश्चित रहेको बताउँदै ऋण सहयोग गर्न आग्रह गरेका हुन् ।

त्यस्तै, यस कठिन समयमा देशका वाणिज्य बैंकहरूले उपभोग गर्न सक्ने अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट व्यावसायिक ऋण ल्याउन एडीबीको सहजीकरण आवश्यक रहेको अध्यक्ष गोल्यानको भनाई छ । ‘हाल नेपालको आयात ४२ प्रतिशतभन्दा बढीले बढेको छ, रेमिट्यान्स निकै न्यून छ र बीओपी पनि २४७ अरब ३ करोडले घाटामा छ । यस्तो कठिन समयमा, वित्तीय क्षेत्रलाई सुदृढ गर्न, निर्यात क्षमता बोकेका स्वदेशी उद्योगहरूलाई प्रबर्धन गर्न, प्रत्यक्ष च्यानलहरू मार्फत ःक्ःभ्क लाई ऋणमा राम्रो पहुँच बनाउन एडीबीको आर्थिक सहयोग धेरै आवश्यक भएको छ, जसले दिगो अर्थतन्त्रका लागि उत्पादकरकृषकको क्षमता बलियो बनाउन मद्दत गर्छ, ’ गोल्यानले भने ।

सीबीफीनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले लगानीकर्तामैत्री वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता माथि जोड दिएका हुन् । जसका लागि सीबीफीनले नीति संवाद, नीति निर्माण साथै कार्यान्वयनमा एडीबीसँग मिलेर काम गर्न तयार रहेको उनले बताए ।

विभिन्न बाधा–अड्चन पार गर्दै अगाडि बढ्नुपर्ने र उत्पादनशील क्षेत्रमा लगानी प्रवद्र्धन गर्नुपर्ने तर्फ इंकित गर्दै उहाले राज्यको सहजीकरण आवश्यक भएको बताए । SMEs/MSMEs जस्ता उत्पादनमुलक उद्योग ब्यबसाय प्रबर्धनका साथै आयात प्रतिस्थापन गर्ने कार्यमा नेपाल राष्ट्र बैंकले तोकेको प्राथमिकता प्राप्त छेत्रमा तोकेको सिमा भन्दा बढी कर्जा लगानी गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुले तिर्ने करमा १० प्रतिशत छुट दियो भने दिगो अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने उनले बताएका हुन् ।

कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर राणाले स्वदेसी उत्पादन लाई प्रबर्धन गर्न सकिए गर्दा नेपालमै रोजगार, आयातमा कटौती भई सरकारलाई ठूलो राजश्व पनि उठाउन सकिन्छ र तरलताको समस्या केहि हदसम्म समाधान हुने तर्क गरेका थिए ।

नेपाल हर्बल संघ, राष्ट्रिय एलो उद्यमी संघ, नेपाल निर्यातकर्ता महासंघ लगायतका व्यवसायीहरुले स्वदेशी निकासी हुने एलो, रेशम, जडिबुटी, कपडा तथा अन्य स्थानीय हस्तकलाका उच्च गुणस्तर उत्पादनहरुको प्रबर्धन गर्ने कुरा उठान गरेका थिए । वित्तीय, बजार, पूर्वाधारलगायतका अभावका कारण यस्ता उत्पादनले उत्पादन बढाउन सकेका छैनन् । १८ हजारभन्दा बढी सदस्यको प्रतिनिधित्व गरेकी नेपाल उद्यमी महिला महासंघकी अध्यक्ष देविका बुढाथोकीले नेपाली महिलाले गुणस्तरीय वस्तु उत्पादन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा उत्पादन विस्तार गर्न बैंक तथा वित्तीय संस्थासँग आर्थिक सहयोगको माग गरेकी हुन् । त्यसैगरी नेपाल राष्ट्रिय अल्लो उद्यमी संघका उपाध्यक्ष गणेश एईडीले यातायात र वित्तिय ठुलो समस्या रहेको बताए।

एडीबी मनिलाका निर्देशक थियाम हि इंगले स्वदेशी उद्योगको सम्भावना र आत्मनिर्भर अर्थतन्त्रका लागि यस क्षेत्रको दिगो रणनीतिका बारेमा धारणा राखेका थिए ।

वि.सं.२०७८ चैत ४ शुक्रवार २२:१७ मा प्रकाशित

You can share this post!

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

जापानी विदेशमन्त्री खामिखावा नेपालमा   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:३९

काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक...

काठमाडौँको वायु अझै अस्वस्थ   

काठमाडौँको वायु अझै अस्वस्थ   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२९

काठमाडौँ, २३ वैशाख : आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले...

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

खडेरीले पानीको स्रोत कम हुँदै जान थालेपछि वैकल्पिक स्रोतको खोजी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:२६

गण्डकी, २३ वैशाख : लामो समयको खडेरीका कारण पानीको स्रोत...