back
NMB ad

नेपालको विकासका लागि सक्दो सहयोग गर्ने एडिबीको प्रतिबद्धता

Kumari bank ad

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) का महानिर्देशकले नेपालको विकास एजेन्डा र महामारीपछिको पुनरुत्थानका निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
दक्षिण एसियाका लागि बैंकका महानिर्देशक केनिची योकोयामाले नेपालको चारदिने भ्रमणका क्रममा मन्त्रिपरिषद्का सदस्य, नेपाल सरकारका सचिव तथा विकास परियोजना प्रमुखहरूसँगको भेटमा त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

द्विपक्षीय भेटवार्ताका क्रममा उहाँले नेपाल सरकारको विकासका प्राथमिकतालाई एडीबीले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता दोहो¥याउनुभएको यहाँस्थित एडिबीको आवासीय कार्यालयले जनाएको छ । महानिर्देशक योकोयामाले झण्डै छ वर्ष बैंकको देशीय निर्देशकका रुपमा नेपालमा काम गरिसक्नुभएको छ ।

“नेपालमा एडीबीको सञ्चालन, हाम्रो साझेदारी र प्रमुख रणनीतिक दिशाहरूबारे छलफल गर्न काठमाडौ आएको, वरिष्ठ सरकारी अधिकारीहरूसँग भेट्न पाउँदा आफूलाई खुसी लागेको, एडीबी उच्च र दिगो आर्थिक वृद्धि हासिल गर्न, नेपाली जनताको जीवनस्तरमा सुधार गर्न र जलवायु परिवर्तनको प्रभावसँग लचिलोपन निर्माण गर्न महामारीबाट हरित, लचिलो एवं समावेशी पुनरुत्थानमा नेपाललाई सहयोग गर्न प्रतिबद्ध रहेको” जानकारी महानिर्देशक योकोयामाले दिनुभएको बैंकले आज एक विज्ञप्तिमार्फत् जनाएको छ ।

स्थानीय तहमा सेवा हस्तान्तरण गर्दै वैदेशिक प्रत्यक्ष लगानीलगायत निजी क्षेत्रको लगानीलाई थप प्रोत्साहन गर्न पूर्वाधार र मानव पूँजीमा संरचनात्मक सुधार र गुणस्तरीय लगानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै उहाँले त्यसबाट कृषि, उत्पादन र सेवाहरूमा उत्पादकत्व बढाउँदै उच्च आर्थिक वृद्धि हासिल मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

वि.सं.२०७८ चैत ६ आइतवार १७:२१ मा प्रकाशित

You can share this post!

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक र प्राविधिक सहयोग आवश्यक: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:३५

काठमाडौँ, ९ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट...

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

क्षेत्रीय सहयोगका अवसर र चुनौतीबारे छलफल   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:२४

काठमाडौँ, ९ जेठः इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले...

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र   

वि.सं.२०८१ जेठ ९ बुधवार ११:१३

काठमाडौँ, ९ जेठः गृह मन्त्रालयले तातो हावाको लहर (लू)बाट नागरिकलाई...

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

सुनको भाउमा सामान्य गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ९ बुधवार १०:४६

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ घटेको छ...

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

प्रधानमन्त्रीद्वारा ‘अन्तर्राष्ट्रिय संवाद’ उद्घाटन   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:३३

काठमाडौँ, ९ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनका कारण...

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्यका लागि ४६ लाख अमेरिकी डलरको आयोजना शुभारम्भ   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:२०

काठमाडौँ, ९ जेठः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी...