back
NMB ad

नेपाली बजारमा ओपो ए७६ सार्वजनिक, सस्तो मूल्यमै ग्लो डिजाइन र उत्कृष्ट कार्य क्षमता

Kumari bank ad

काठमाडौं । विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ओपोले नेपालमा आफ्नो ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओपो ए७६ सार्वजनिक गरेको छ । ओपो ए७६ले ओपोको स्वामित्वको ओपो ग्लो डिजाइन निर्माण प्रक्रियाको परम्परालाई निरन्तर्ता दिँदै स्टाइलिस तथा टिकाउ उत्पादन पस्केको छ ।

ओपो ए ७६मा अभुतपूर्व दृश्य अनुभव पस्कने सोचका साथ ६.५६ इञ्चको पञ्च होल स्क्रिनलाई परिस्कृत गर्दै यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ । प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यसमा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री पनि जडान गरिएको छ ।

पृथक स्टाइलिश डिजाइन
ओपो ए७६को ग्लो डिजाइन हेर्दा आकर्षक हुनुका साथै बोक्दा पनि उत्तिकै सहज तथा आरामदायी छ । यो फिंगरप्रिन्ट र धुलो प्रतिरोधात्मक पनि छ । ग्लोइङ्ग ब्ल्यू (नीलो) र ग्लोइङ्ग ब्ल्याक (कालो) गरी दूई आकर्षक रंगमा उपलब्ध यो फोन पहिलेका फोनको तुलनामा अझ हल्का, चहकिलो र थप टेक्सचर्ड छ ।

ओपो ए ७६ मा ८९.९% स्क्रिन–टू–बडी रेसियो र पञ्च होल डिस्प्ले डिजाइन सहितको ६.५६ इञ्चको एचडी डिस्प्लेको प्रयोग गरिएको छ । भिडियो हेर्दा तथा गेम खेल्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्न यसमा अझ प्रतिक्रियात्मक ९० हज रिफ्रेश रेट र १८० हज टच स्याम्प्लिङ रेट डिस्प्ले उपलब्ध गरिएको छ । फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर दिइएको छ । फोनको साइडमा दिइएको यो पातलो फिंगरप्रिन्ट सेन्सर र बटन्सले फोनलाई अझ हल्का, पातलो, बोक्दा आरामदायी र हेर्दा थप आकर्षक बनाएको छ ।

सहज र दिगो अनुभव प्रदान गर्न अनुकूलित हार्डवेयर तथा सफ्टवेयर
प्रयोगकर्तालाई उत्पादनमूलक रहन तथा आवश्यकता पर्दा मनोरञ्जन प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ ओपो ए७६मा ३३ वाट सुपरभोक चार्जिङ सुविधा सहितको ५ हजार एमएएच् क्षमताको ब्याट्रीपनि जडान गरिएको छ । यसमा रहेको फास्ट चार्जिङ प्रविधिको सहायताले फोनलाई मात्र ५ मिनेट चार्ज गर्दा ३.५ घण्टाको टकटाइम पाउन सकिन्छ । यस फोनका साथमा ओपोले हार्डवेयरका साथै सुपर पावर सेभिङ्ग मोड, सुपर नाइटटाइम स्ट्यान्डबाई र अप्टिमाइज्ड नाइट चार्जिङ लगायत फिचर मार्फत ब्याट्रीको क्षमतामा सुधार दिँदै टिकाउ तथा सुरक्षित प्रयोग अनुभवको सुनिश्चितता प्रदान गरेको छ ।

क्वालकम स्न्यापड्रागन ६८०द्वारा सञ्चारित ओपो ए७६ मल्टिटास्किंगका लागि समेत उपयुक्त छ । ६ जीबी + १२८ जीबी क्षमताका साथमा सार्वजनिक यस फोनमा अतिरिक्त सञ्चय क्षमताको आवश्यकता परेमा यसमा १ टीबी क्षमता सम्मको माइक्रोएसडीको प्रयोग गर्न सकिन्छ ।
नयाँ हार्डवेयर परफरमेन्सको फाइदा लिन ओपोले सफ्टवेयर सुदृढीकरणपनि प्रस्तुत गरेको छ । ओपो ए७६मा रहेको कलरओएस ११.१मा समाहित बुलेट स्क्रिन म्यासेज, फ्लेक्सड्रप, थ्री–फिंगर ट्रान्सलेट विथ गुगल लेन्स र परिस्कृत प्राइभेसी फिचर्स लगायतले प्रयोगकर्तालाई सहज र सुदृढ प्रयोग अनुभव प्रदान गर्छ । फोनको प्रयोगमा स्मूथनेसको अनुभव प्रदान गर्न यसमा प्राविधिक अनुकूलनका रुपमा सिस्टम बुस्टरपनि दिइएको छ । साथै, लिंक बुस्ट २.०ले प्रयोगकर्ता बौद्धिकरुपमा कनेक्टेड रहने सुनिश्चितता प्रदान गर्दै न्यून विलम्बताका साथ उच्च गतिको ईन्टरनेटको मज्जा पस्कन्छ ।

पोट्रेट फोटोग्राफीमा सुदृढिकरणका लागि क्यामेरा अपग्रेड

ओपो ए७६मा १.१२माइक्रोन र एफ२.० एपर्चर सहितको ८एमपी फ्रण्ट क्यामेरा दिइएको छ । यसले ३२६४८२४४८ रिजोल्यूशन सहितको पोट्रेट शट्स लिन सकिन्छ । यसमा दिइएको परिस्कृत एआई नेचुरल रिटचिंग ब्यूटिफिकेशन प्रविधिले फ्रन्ट क्यामेराका लागि ब्लेमिस रिमुभल उपलब्ध गराई प्रयोगकर्ताका प्राकृतिक फेशियल फिचर्सको जगेर्ना गर्छ । यसका साथमा अब पोट्रेट्स कम प्रकाश भएका स्थानमा समेत चहकिला र स्पष्ट हुन्छ ।

फोनको पछाडी रहेका डुअल रियर क्यामेरा सेटअपमा माथिल्लो पट्टी १२एमपी एफ२.२ मेन सेन्सर र तल पट्टी सेकेन्डरीका रुपमा २एमपी बोके कयामेरा उपलब्ध गरिएको छ । यो क्यामेराले सिक्सएक्स डिजिटल जुम र लगातार २०ओटा कन्टिनुअस ब्रस्ट शट्स सपोर्ट गर्छ । यसमा रहेका फ्रण्ट र रियर दुबै क्यामेराले एचडीआर सपोर्ट गर्छन् । यसले अध्याँरो स्थानमा समेत विवरणको संरक्षण गर्ने क्षमता राख्छ ।

बजार उपलब्धता

ओपो ए७६ नेपाली बजारमा ग्लोइङ्ग ब्लु र ग्लोइङ्ग ब्लाकमा ६ जि.बी + १२८ जीबीमा उपलब्ध हुनेछ र यसको बजार मूल्य रु.२९,९९०/- रहनेछ ।

वि.सं.२०७८ चैत ९ बुधवार १२:२३ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...