काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ६७ रुपैयाँ ७० पैसाले बढेर ७४५ रुपैयाँ कायम भएको छ ।
यस्तै, यति बेला इमर्जिङ्ग नेपाल सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसाले वृद्धि भई ६९१ रुपैयाँ ६० पैसा पुगेको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार १२:२१ मा प्रकाशित