काठमाडौं । इमर्जिङ्ग नेपालको सेयर मूल्यमा फेरि उछाल आएको छ । बुधवार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ६९१ रुपैयाँ ६० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको १० लाख १५ हजार रुपैयाँ बराबरको १ हजार ४७० कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ चैत ९ बुधवार १६:१२ मा प्रकाशित