back
NMB ad

नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेची-महाकाली मोटर र्याली-२०२२’ आयोजना

Kumari bank ad

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ)ले पहिलो पटक मेची महाकाली मोटर र्याली  २०२२ मार्च २४ देखि २८ सम्म आयोजना गरेको छ ।

उक्त मोटर र्यालीको नारा “आन्तरिक पर्यटनको लागि सबैसँगैˮ रहेको छ । यस कार्यक्रमले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ । विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु यसमा सहभागी हुनु हुनेछ ।

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बोर्डको केन्द्रीय कार्यालयमा आज विहान १०ः०० बजे झण्डा हल्लाएर मोटर र्यालीको उद्घाटन गरी सहभागी टीमलाई बिदाई गर्नु भएको थियो ।

एन.वाइ.इ.एफ.का अध्यक्ष श्री उदीप श्रेष्ठका अनुसार आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्न यो मोटर ¥याली देशव्यापी रुपमा आयोजना गरिएको हो । यसको मुख्य उद्देश्यहरुमा जनतालाई अभिप्रेरित गर्ने, एक प्रकारको छुट्टै खेल जस्तो हो जसले सहास र मनोरञ्जन प्रदान गर्छ ।

यस्तै, व्यक्तिगत, सामुहिक र सार्वजनिक व्यापार व्यवसायलाई प्रबद्र्धन गरी उत्साह बढाउन यसले सघाउ पु¥याउछ । यस मोटर र्यालीले व्यापार व्यवसाय उजागर गर्न अवसर तथा स्थान उपलब्ध गराउने, व्यवसायीलाई पूनर ताजगी हुन र स्थानीय संस्कृतीलाई प्रचार प्रसार गर्न यसले बल पु¥याउछ ।

देशका विभिन्न स्थानहरुको चिनारी गर्न र सबै च्याप्टरका पदाधिकारीहरुबीच भेटघाट तथा भ्रमण गर्नु यस र्यालीको मुख्य उद्देश्य रहेको छ । मोटर र्याली काठमाडौं, पोखरा, ललितपुरबाट सुरु भएर चितवनमा पुगेर जम्मा हुनेछ ।

त्यसैगरी विराटनगर, सुनसरी, जनकपुरबाट आएको टोली अमलेखगञ्जमा जम्मा हुनेछ र सम्बन्धित च्याप्टरहरु पनि आफूलाई पायक पर्ने स्थानबाट टिमसँग जोडिई अन्त्यमा सम्पूर्ण टिम बर्दिया पुग्नेछ र मार्च २९ मा यस मोटर र्यालीको विधिवत समापन हुने बताइएको छ ।

वि.सं.२०७८ चैत ११ शुक्रवार ११:५१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...