काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप दुई कम्पनलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको छ ।
बोर्डले सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र रिभर फल्स पावर कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति दिएको हो ।
सिवाईसी नेपालले अब ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशनका लागि चैत ९ गते बोर्डबाट अनुमति पाएको हो ।
आईपीओ निष्काशनका लागि कम्पनीले गत असोज ११ गते बोर्डसमक्ष निवेदन दिएको थियो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै, रिभर फल्स पावरलाई ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि बोर्डले अनुमति दिएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा अन्य सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनी ७ लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट चैत १० गते अनुमति पाएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ चैत १२ शनिवार ०८:१३ मा प्रकाशित