काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस साता तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।
नेप्सेले यस साता जीवन विकास लघुवित्त वित्तीय संस्था, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयरको मूल्य समायोजन गरेको हो ।
नेप्सेले जीवन विकास लघुवित्तको ७० प्रतिशत बोनस सेयरको मूल्य समायोजनपछि प्रतिकित्ता ३ हजार रुपैयाँ तोकेको छ । कम्पनीको बिहीबार कायम अन्तिम कारोबार सेयर मूल्य ५ हजार १ सयको आधारमा मूल्य समायोजन भएको हो ।
यस्तै, नेप्सेले टेलिकमको २० प्रतिशत बोनस सेयरको मूल्य समोजनपछि १ हजार २२० रुपैयाँ ८३ पैसा तोकेको छ । कम्पनीको बिहीबार कायम अन्तिम कारोबार सेयर मूल्य १ हजार ४६५को आधारमा नेप्सेले समायोजन गरेको हो ।
त्यसैगरि नेप्सेले नेपाल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत बोनस बापतको मूल्य समायोजनपछि १ हजार ८५ रुपैयाँ ९ पैसा कायम भएको छ ।
वि.सं.२०७८ चैत १२ शनिवार १०:४५ मा प्रकाशित