काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ४१.४३ अंकले घटेको हो ।
आइतबार बजार परिसुचक २५७२.२३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन निर्जीवन बीमा समूह १३३.३५ अंकले वृद्धि भएको छ भने यी बाहेकका अन्य सबै समूहहरु राताम्मे बनेका छन् ।
आज विभिन्न ५ कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन जीवन विकास लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
आइतबार जीवन विकास लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३ सय रुपैयाँले वृद्धि भएको हो । योसंगै आज कम्पनीको सेयर मूल्य ३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
उक्त दिन इमर्जिङ्ग नेपालको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ७६ रुपैयाँले वृद्धि भई ८३६ रुपैयारा ७० पैसा कायम भएको छ ।
यस्तै, उक्त दिन राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ८१ रुपैयाँ ९० पैसा, सानिमा जनरल इन्स्योरेको ९.६७ प्रतिशत, जनरल इन्स्योरेन्स कम्पनीको ९.६५ र प्रभु लाइफ इन्स्योरेन्सको ८.११ प्रतिशतले वृद्धि भएको छ ।
वि.सं.२०७८ चैत १३ आइतवार १५:२० मा प्रकाशित