काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा फेरि उछाल आएको छ । आइतबार कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता ३ सय रुपैयाँले वृद्धि भई ३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको २ करोड ७८ लाख ५ हजार रुपैयाँ बराबरको ८ हजार ४३९ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ चैत १३ आइतवार १५:२७ मा प्रकाशित