काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा फेरि उछाल आएको छ । आइतबार कम्पनीको सेयर उच्च दरमा वृद्धि भएको हो ।
साताको पहिलो कारोबार दिन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ८१ रुपैयाँ ९० पैसाले वृद्धि भई ९०१ रुपैयाँ ४० पैसा रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको ९७ हजार रुपैयाँ बराबरको ११० कित्ता मात्रै सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ चैत १३ आइतवार १५:३७ मा प्रकाशित