back
NMB ad

डिजिटल नेपाल निर्माणमा टेलिकमको तिव्रता, यसरी जोडिँदै छन् ग्रामिण बस्तीहरु

Kumari bank ad

बागलुङ । मोवाईल सेवा नहुँदा सामान्य कामको लागि पनि घण्टौं हिडेर सम्वन्धित ठाउँमा धाउनु पर्थ्यो । सञ्चार नहुँदा त्यहाँका स्थानियले निकै कठिनाई झेल्दै आईरहेका थिए । तर, अहिले नेपाल टेलिकमले आफनो सेवा विस्तार गरेपछि यो समस्या विस्तार हट्दै गएको छ ।

कुश्मा नगरपालिका वडा नं १४ आठथर डाँडाखर्कमा नेपाल टेलिकमले २५ मिटर अग्लो स्थायी संरचना निर्माण गरि टुजी र थ्रीजी सेवा सञ्चालनमा ल्याए सँगै सेवाग्राही लाभान्वित भएका छन ।

टावर सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ७ को रापु राम्जा वडा नं ८ चित्रे, आधिखोला गाउँपालिकाको अधिकांश भुभाग सँगै सिल्मी, पकुवा, आर्थर सँगै पर्वत र स्याङजाको संगम स्थलका बस्तीहरुमा कभरेज भएसँगै स्थानिय खुसी भएका छन ।

टेलिकमले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्य अनुरुप आफनो सेवा विस्तार र स्तरोन्नती कार्यलाई तीव्र रुपमा अगाडी बढाईरहेको सन्दर्भमा उक्त स्थानमा सेवा सुचारु गरिएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए ।

स्थानियलाई मध्यनजर गर्दै टेलिकमले अहिले टुजी मार्फत भ्वाईस र थ्रिजी मार्फत भ्वाईस अनि डाटा एकसाथ सञ्चालनमा ल्याएको उनले बताए । मोवाईल सेवा सुचारु भए सँगै मोवाईल प्रयोगकर्तालाई सहजता भएको छ शर्माले भनें “त्यहाँ रहेको टावरबाट प्राविधिक हिसाबले सेवा प्रवाहमा जटिलता भएको र धेरै भुभागमा सिग्नल कभरेजमा समस्या थियो त्यसकारण हामीले प्राविधिक रुपमा अध्ययन गरेर सबै बस्ती र भुभाग समेटने गरि यो टावर निर्माण गरेका हौं अहिले समस्या हल भएको छ “ मोवाईल प्रयोगकर्ताको समस्यालाई मध्यनजर गरि त्यहाँका स्थानिय र जनप्रतिनिधी सँगको समन्वयमा स्थायी संरचना निर्माण गरि मोवाईल सेवा सुचारु गरिएको शर्माको भनाई छ ।

टेलिकमले उक्त टावरमा छिट्टै अत्याधुनिक प्रविधीको चौंथो पुस्ताको फोरजी मोवाईल सेवा उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । सेवा नपुगेको ठाउँमा सेवा विस्तार गर्ने र सञ्चालन भएका ठाउँमा आवश्यकता अनुरुप सेवालाई समय सापेक्ष स्तरोन्नती गर्दै लैजाने टेलिकमले जनाएको छ ।

भौगोलिक विकटता, उपकरणहरु पुर्याउन निकै कठिन परिस्थितीको सामना गर्दै टेलिकम सँगको सहकार्यमा मोवाईल सेवा सञ्चालन गरिएको कुश्मा नगरपालिका वडा नं १४ का वडा सदस्य ईन्द्र गुरुङले जानकारी दिए । पहिले डाँडाकाँडा तिर पुगेर फोन गर्नु पर्ने बाध्यता थियो अहिले यहाँ टावर निर्माण भएपछि घरमै बसेर मज्जाले कुराकानी गर्न र मोवाईल डाटा मार्फत ईन्टरनेट चलाउन सहज भएको उनले बताए ।

त्यस्तै टेलिकमले मोदी गाउँपालिका वडा नं ३ लाङदी देउरालीमा पनि टावर निर्माण गरि सेवा सुचारु गरेको जनाएको छ । उक्त स्थानमा पहिलो पटक टुजी र फोरजी मोवाईल सेवा सुचारु गरिएको नेपाल टेलिकम पर्वतका कार्यालय प्रमुख नवराज रेग्मीले जानकारी दिए । सेवा सुचारु भएपछि भ्वाईस सँगै उच्च गतिको अत्याधुनिक प्रविधीको फोरजी मार्फत ईन्टरनेट (मोवाईल डाटा) चलाउन सहज भएको कार्यालय प्रमुख रेग्मीको भनाई छ ।

मोवाईल सेवा सञ्चालनमा आएपछि मोदी गाउँपालिका वडा नं ३ को देउराली भुरुङगी, लाङदी, पुर्णगाउँ, डाँडाकमेरे, झिलीबराङ, वडा नं ४ को लेसपार, क्याङ, खुँईजरी र वडा नं ५ को बाजुङका झण्डै १२ सय घरधुरी प्रत्यक्ष लाभान्वित भएको मोदी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष देबेन्द्र बहादुर क्षेत्रीले जानकारी दिए ।

पहिले मोवाईलमा हल्का सिग्नल दिन्थ्यो नेटवर्क नहुँदा फोन सम्पर्क गर्न र ईन्टरनेट चलाउन साह्रै समस्या थियो टावर सञ्चालनमा आएपछि घरमै बसेर मोवाईल सेवा प्रयोग गर्न पाउँदा आफुहरु खुसी भएको स्थानिय विष्णु प्रसाद गुरुङले बताए ।

वि.सं.२०७८ चैत १६ बुधवार ११:३३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...