back
NMB ad

प्रदेश नं १ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने

Kumari bank ad

मङ्गलबारे । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठले प्रदेश नं १ मा कृषि र खाद्य सम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने बताउनुभएको छ ।

इलाममा मङ्गलबार आयोजित विज्ञान प्रविधिमा साहित्य, कला, नाट्य, सङ्गीत गोष्ठीमा बोल्दै उहाँले सातै प्रदेशमा विज्ञान प्रविधिका क्षेत्रमा कुनै न कुनै किसिमको अनुसन्धान केन्द्र स्थापना गरिने बताउनुभएको हो ।

उहाँले मधेस प्रदेशमा चुरे संरक्षण र विज्ञानसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख गर्दै विज्ञान र साहित्यलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । विश्वमा साहित्य र विज्ञानको संयोजन भइरहेको अवस्थामा विज्ञान बुझाउन साहित्यले काम गर्ने भएकाले यी दुबैलाई सँगसँगै लिएर जानुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुलन्द थापाले विज्ञान प्रविधि, कला र समाज विषयक, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकी उपप्राध्यापक सरिता निरौलाले विज्ञान तथा प्रविधिमा नाट्य अध्ययन विषयक, क्याम्पसकै शिक्षण सहायक मुकुन्द गुरगाइँले नेपाली गद्य साहित्यमा विज्ञान र कवि तथा सञ्चारकर्मी केदार शर्माले नेपाली कवितामा विज्ञान विषयक विषयक कार्यपत्र प्र्रस्तुत गर्नुभएको थियो । उहाँहरुको कार्यपत्रमाथि प्राध्यापक केशबहादुर राई, रोमनाथ शर्मालगायतले टिप्पणी गर्नुभएको थियो ।

वि.सं.२०७८ चैत १६ बुधवार १३:२८ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

कर्णाली प्रदेशको बजेटमा भौतिक पूर्वाधार तथा सहरी विकासलाई प्राथमिकता   

वि.सं.२०८१ असार १ शनिवार १७:२८

काँक्रेविहार (सुर्खेत) १ असार : कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षका...

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

जानकी मन्दिरको झल्को दिने प्रवेशद्वार जलेश्वरमा निर्माण   

वि.सं.२०८१ असार १ शनिवार १५:३७

जलेश्वर, १ असार: महोत्तरी जिल्लामा नेपाल र भारतको मुख्य सीमानाका...

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

काठमाडौँ उपत्यकामा आज साँझदेखि केही शीतल हुने   

वि.सं.२०८१ असार १ शनिवार १५:२९

काठमाडौँ, १ असारः काठमाडौँ उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा आज केही...

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

मेलम्ची बाढीको तीन वर्ष : पुनःनिर्माण सुस्त, स्थानीयवासी चिन्तित   

वि.सं.२०८१ असार १ शनिवार १५:२५

सिन्धुपाल्चोक, १ असार : हेलम्बु गाउँपालिका–४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम...

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ असार १ शनिवार १५:२१

फुङ्लिङ, १ असार : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६...

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने   

वि.सं.२०८१ असार १ शनिवार ११:०१

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको...