काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
बुधवार कम्पनीको १६ लाख ७६ हजार २१४.२१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले ४० प्रतिशत बोनस बापतको उक्त सेयर सूचीकृत गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सक्नेछन् ।
वि.सं.२०७८ चैत १६ बुधवार १४:०५ मा प्रकाशित