back
NMB ad

“समीट वुमन अफ द इयर २०२२” सम्पन्न

Kumari bank ad

काठमाडौं । ओपन स्पेस नेटवर्कको आयोजना र आइएनजी ग्रुपको प्रस्तुतीमा बिहीबार ‘समिट वुमन अफ द इयर २०२२’ कार्यक्रम सम्पन्न भएको छ । ३० वर्षभन्दा मुनिका महिला उद्यमीलाई पुरस्कृत गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कानूनको पालना गर्दै दियो योजना कार्यान्वयन गरी समाजमा सकारात्मक प्रभाव पार्न सफल एक जना महिला उद्यमीलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो ।

सात प्रदेशका १५ सहरबाट कुल ८१ जनाले पुरस्कारको लागि आवेदन परेको थियो । जसमध्ये पहिलो चरणमा उत्कृष्ट ३० जनाको नाम सर्टलिस्ट गरिएको थियो । तीमध्ये उत्कृष्ट ७ फाइनलमका लागि छनोट भएका थिए ।

उनीहरू लुक्ला आउटडोरका आङछेची शेर्पा, खानपिनका सह–संस्थापक र बन्ध निर्देशक ईशा बल्ला, ग्लोकल एकेडेमी अफ स्किल्स प्रा।लिका सह–संस्थापक र प्रबन्ध निर्देशक काजोल झा ठाकुर, को–वनर–स्वीट फिक्सका कृतिका लम्साल, द मल्ल इन्कका सजल मल्ल, ह्याप्पीमाइन्ड्सका संस्थापक र प्रबन्ध निर्देशक श्रेया गिरी र बिहे नेपालका सह–संस्थापक श्रेया कटुवाल हुन् ।

‘समिट वुमन अफ द इयर २०२२’ पुरस्कार स्विट फिक्सकी संस्थापक कृतिका लम्साललाई प्रदान गरिएको छ । उहाँले प्राकृतिक फलफूल र स्थानीय सामग्रीबाट ‘पप्सिकल्स’ बनाउँदै आउनुभएको थियो । उहाँले निर्माण गरेको वस्तु प्याकेज गरिएका त्यस्तै प्रकारका वस्तुको तुलनामा निकै स्वस्थ र स्वादिष्ट विकल्प बनेका छन् । उहाँलाई  शालिमार ज्वेलर्सबाट एक लाख रुपैयाँ नगद र हिराको लकेटले सम्मान गरिएको छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १२:३० मा प्रकाशित

You can share this post!

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८१ जेठ ८ मंगलवार १२:५५

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी...

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

पशुपतिको भेटी चोरीमा कोषाध्यक्ष नै संलग्न, ज्याकेटमा लुकाएर दिनमै १५ हजारसम्म चोरी

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:३०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदी नै...

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

गैँडाको खाग खरिदबिक्रीमा संलग्न भएको आरोपमा छजना पक्राउ   

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:११

चितवन, ८ जेठः चितवन राष्ट्रिय निकुञ्जले एकसिङ्गे गैँडाको खाग खरिदबिक्रीमा...

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

बुद्धभूमि नेपाल हाइड्रोपावरलाई हकप्रद बिक्री गर्न स्वीकृति

वि.सं.२०८१ जेठ ८ मंगलवार ११:०४

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत...

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

सशस्त्र प्रहरीद्वारा ‘पिकअप भ्यान’सहित सामान बरामद   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५४

मङ्गलबारे (इलाम), ८ जेठः नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा नेपाली...

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

चिनियाँसँग नक्कली विवाह गराएर महिलालाई पाँच लाखमा बिक्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:५०

काठमाडौँ, ८ जेठः एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह...