काठमाडौं । भोलि अर्थात चैत १९ गते शनिबार पनि रियल टाइम ग्रोस सेलमेन्ट (आरटीजीएस) प्रणाली संचालन हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली विभागले एक सूचना निकाल्दै उक्त दिन पनि आरटीजीएस प्रणाली सुचारु हुने जनाएको हो ।
शनिबार विकास ऋणपत्र २०८३ को १२औं किस्ताको अर्धवार्षिक ब्याज भुक्तानीको लागि बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली संचालन हुनेछ ।
राष्ट्र बैंकले आज अर्थात शुक्रबार पनि काठमाडौं उपत्यकामा घोडेजात्राको सार्वजनिक बिदा परेको भएतापनि आरटीजीएस प्रणालीमा नर्मल विजनेश डे संचालन गरेको छ ।
वि.सं.२०७८ चैत १८ शुक्रवार १४:२३ मा प्रकाशित