काठमाडौं । नेपाल राष्ट्र बैंकले लिखित परीक्षाको लागि मिति समय र स्थान तय गरेको छ ।
बैंकको विज्ञापन नम्बर १३/२०७८ देखि विज्ञापन नम्बर १७/२०७८ सम्मका खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाका लागि मिति, समय र स्थान तोकेको हो ।
लोक सेवा आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, परीक्षा संचालन शाखाले राष्ट्र बैंकले खुला तथा समावेशी सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय (लेखा/लेखापरीक्षणा), सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय (वाणिज्य कानून), सहायक निर्देशक, प्राविधिक, अधिकृत तृतीय (सूचना प्रविधि) सहायक निर्देशक, प्रशासन, अधिकृत तृतीय पद, सेवा, समूह/उपसमूह/तहको लिखित परीक्षाका लागि परीक्षा केन्द्र र समय कायम गरेको हो ।
अन्य विस्तृतका लागि हेर्नुहोस्, सूचना
वि.सं.२०७८ चैत २० आइतवार १५:५५ मा प्रकाशित