काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर बिक्री गर्ने भउको छ । बैंकले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।
बैंकले सेयर संख्या र बिक्री मूल्य भने उल्लेख गरेको छैन । उक्त सेयर खरिदका लागि बैंकमा कायम इच्छुक संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र पेश गर्नुपर्नेछ ।
तोकिएको उक्त म्यादभित्र संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि कुनै पनि आवेदन नदिएको खण्डमा भने प्रचलित कानून बमाजिम अन्य प्रक्रिया अघि बढाई बैंकले जनाएको छ ।
बिक्री गर्ने संस्थापकहरुको नाम, बिक्री मूल्य सम्वन्धमा भने कम्पनी सचिवको कार्याल्यमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
वि.सं.२०७८ चैत २४ बिहीवार १२:१२ मा प्रकाशित