back
NMB ad

एक सातामा वाणिज्य बैंकहरुले संकलन गरे ४ अर्ब निक्षेप : २ अर्ब कर्जा प्रवाह, सीडी रेसियो कति ?

Kumari bank ad

काठमाडौं । एक सातामा वाणिज्य बैंकहरुले एक साताको अवधिमा ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

चैत्र १८ गतेदखि चैत्र २५ गतेसम्म वाणिज्य बैंकहरुले ४ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार चैत्र १८ गते ४३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले चैत्र २५ गतेसम्ममा बढेर ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो ।

२५ दिनको अवधिमा वणिज्य बैंकहरुको निक्षेप २ अर्ब रुपैयाँ मात्रै भित्र्याएका छन् । फागुन मसान्तसम्म ४३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुको २ अर्ब बढेर चैत्र २५ गतेसम्म ४३ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको हो ।

वाणिज्य बैंकहरुले एक साताको अवधिमा २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । चैत्र १८ गते ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा वितरण गरेका वाणिज्य बैंकहरुले २ अर्ब बढेर चैत्र २५ गतेसम्ममा ४३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।

२५ दिनको अवधिमा भने वाणिज्य बैंकहरुले ५ अर्ब रुपैयाँ वितरण गरेका छन् । फागुन मसान्तसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

चैत २५ गतेसम्मको तथ्याङ्क अनुसार औषत सीडी रेसियो ९१ प्रतिशत भन्दा बढी पुगेको हो । गत हप्तासम्म ९१ दशमलव २० प्रतिशत रहेको सीडी रेसियो सामान्य वृद्धि भएको हो । योसंगै वाणिज्य बैंकहरूको सीडी रेसियो ९१ दशमलव २२ प्रतिशत पुगेको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार १८:३१ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...