back
NMB ad

नयाँ उत्पादन र गुणस्तरीयतामा केन्द्रित बाथरूम प्रोडक्ट्स रोकाको थप ८ शोरुम उद्घाटन

Kumari bank ad

काठमाडौं । विश्वको अग्रणी सेनेटरी वेयर स्पेस र प्रिमियम बाथरूम समाधानमा अग्रगामी कम्पनी रोका बाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा ८ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ ।

कम्पनीले नेपालका प्रमुखशहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामाआफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन यस ठाउँहरुमा नयाँशोरुमको विश्तार गरेको हो ।

कम्पनीले केई रंगनाथन, प्रबन्धनिर्देशक, रोकाबाथरूम प्रोडक्ट्स प्रालिको नेपाल भ्रमणको अवसर पारि ८ वटा नयाँशोरुम, ५ वटा ब्रान्ड प्यारीवेयर र ३ वटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो ।

ब्रान्ड प्यारीवेयरले नेपालमाबलियो उपस्थिति जनाउँदै २० प्रतिशतको बजार हिस्सा पाएको छ ।

विश्वको नम्बर १ बाथरूमनिर्माता र युरोपेली ब्रान्ड रोका संसारका १८० भन्दा बढी देशहरूमा अवस्थित छ । रोकासँग नेपालमा प्रिमियम बजार हिस्सा छ र यसको व्यापार उच्च वृद्धिको चरणमा रहेको छ ।

कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् । यी नयाँशोरुमहरूको सुरुवातसँगै, ब्रान्डले नेपालमा बलियो उपस्थिति जनाउँदै आमजनताको विश्वास जित्ने लक्ष्य राखेको छ ।

शोरुमको शुभारम्भको अवसरमा बोल्दै रोका बाथरूम प्रोडक्ट्स प्रालिका प्रबन्धनिर्देशक केई रंगनाथनले भने, “हामीहाम्रो पहुँचविस्तार गर्न र हाम्रो ब्रान्डको सफलतामा योगदान पु¥याउने नेपाली बजारमा बलियो उपस्थिति राख्नपाउँदाखुसी छौं । हामी यस्ता बजारहरूमा हाम्रो खुद्रा उपस्थितिलाई सुदृढ गर्न जारी राख्नेछौं जहाँहामीले बलियो उपस्थिति स्थापित गरेका छौं र हाम्राग्राहकहरूको लागि सुविधाजनक र उत्कृष्ट अनुभव सुनिश्चित गर्दै हाम्रा फरक उत्पादनहरू, सेवाहरू र आश्वासनहरूका साथ नयाँ बजारहरूमा प्रवेश गर्नेछौं । उनले थपे, “हामी बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरियतामा केन्द्रित भएर हाम्रो बलियो उपस्थितिलाई निरन्तरतादिने महत्वाकांक्षी योजना छ ।“

रोका विश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकहरुका लागि हाम्रो उत्पादनहरुले सन्तुष्ट दिने विश्वास गर्दछ र ग्राहकहरुलाई उनीहरुको आवश्यकताअनुसार स्पष्ट रुपमाउत्पादनहरु छनोट गर्न मद्दत गर्दछ । ग्राहकहरूलाई अनौठो किनमेल अनुभव प्रदान गर्न प्यारीवेयर सँग नेपालभर १०० भन्दा बढी आउटलेटहरू छन् ।

विश्वनम्बर १ रोका ब्रान्डका नेपालमा १५ भन्दा बढि हाई एन्ड शोरुमहरू छन् जसले उच्च स्तरकाग्राहकहरू र आर्किटेक्टहरूलाई उत्कृष्ट किनमेल अनुभव प्रदान गर्दछ । हाल, रोका प्यारिवेयरले ले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको छ ।

वि.सं.२०७८ चैत २८ सोमवार २१:२६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...