काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त हुनुभएको छ ।
बैंकको चैत्र ३० गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँलाई बैशाख २ गतेदेखि लागू हुनेगरि आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । न्यौपाने यसअघि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।
वि.सं.२०७८ चैत ३० बुधवार १२:३५ मा प्रकाशित