काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। कम्पनीले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सगरमाथाले हाल कायम १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस प्रस्ताव गरेको हो ।
सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १६ गतेदेखि २८ गतेसम्मको लागि बुकक्लोज गर्ने भएको छ।
यस अनुसार बैशाख १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १२:३६ मा प्रकाशित