back
NMB ad

एनएमबी बैंकको नाफा २ अर्ब, प्रतिशेयर आम्दानी कति ?

Kumari bank ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिसम्ममा बैंकले २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।

तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा भने ४१.६१ प्रतिशतले घटेर १ अर्ब ३२ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

बैंकले  प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ५.९९ प्रतिशतले बढेको हो

चैत मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २.७४ प्रतिशत र ४.६४ प्रतिशत ले बढेको छ । यसले गर्दा बैंकले थोरैले भएपनि नाफा बढाउन सफल भएको छ । सो प्रतिशतले बृद्धि भई बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ र संचालन मुनाफा ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निक्षेप संकलन १२.४३ प्रतिशत र कर्जा लगानी १७.४२ प्रतिशत ले वृद्धि भएको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ। गत वर्ष यही अवधिसम्म रु. १८.३४ रहेको ईपीएस बढेर १९.३५ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु. १४२.२१ र पीई अनुपात १५.१४ गुणा कायम भएको छ।

वि.सं.२०७९ वैशाख ७ बुधवार १३:४६ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...