काठमाडौं । आज अर्थात बैशाख ११ गते एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १२ गते (सोमवार) बुक क्लोज गर्ने भएको छ । योसँगै आइतवारसम्म कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव पारितका लागि कम्पनीले वैशाख २१ गते साधारण सभा गर्ने भएको छ ।
वि.सं.२०७९ वैशाख ११ आइतवार १०:४१ मा प्रकाशित