काठमाडौं । साताको पहिलो कारोबार दिन मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
शुक्रबार १ लाख ९ सय रुपैयाँमा कारोबार भएको सुन आज भने घटेर १ लाख ५ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने तोलाको १ लाख रुपैयाँ कायम भएको छ । तेजावी सुन अघिल्लो दिन अर्थात शुक्रबार १ लाख ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ । उक्त दिन चाँदी १ हजार ३६० रुपैयाँ नै कायम भएको छ । अघिल्लो दिन अर्थात शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।
वि.सं.२०७९ वैशाख ११ आइतवार १०:५१ मा प्रकाशित