काठमाडौं । रिभर फल्स पावर कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ७ लाख कित्ता सेयर निष्काशन गरेको हो ।
प्रतिकित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको सेयरमा आयोजना प्रभावित संखुवासभा जिल्लाका बासिन्दाले आवेदन दिन पाउनेछन् ।
कम्पनीको आईपीओमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ वैशाख ११ आइतवार ११:०० मा प्रकाशित