back
NMB ad

बैशाख २१ गतेदेखि एनएमबि बैंकले साढे ३ अर्बको उर्जा ऋणपत्र निष्काशन गर्ने, कति र कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । एनएमबि बैंकले उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ ।

बैंकले बैशाख २१ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९३–९४’ नामको ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकको उक्त उर्जा ऋणपत्रको अवधि १५ वर्ष रहेको छ ।

बैंकले प्रतिकित्ता १ हजार दरको कुल ३५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्नेछ । जसमध्ये २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १४ लाख कित्ता सर्वसाधारणलाई र ७० हजार कित्ता सामूहिक लगानी कोष र बाँकी १३ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।

बैंकको उक्त ऋणपत्रमा इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा छिटोमा बैशाख २५ गते र ढिलोमा जेठ ४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले यो दोस्रो पटक ऋणपत्र जारी गर्न लागेको हो । यसअघि बैंकले गत जेठमा पनि उर्जा ऋणपत्र निष्काशन गरेको थियो ।

बैंकको ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ वैशाख १२ सोमवार ०९:३६ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...