back
NMB ad

ग्लोबल आइएमई बैंकद्वारा भिडियो केवाइसी प्रणाली सुचारु

Kumari bank ad

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवासी प्रणाली (GiblLiveBanking) सुचारु गरेको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिजिटल नेटवर्क सोलुसन प्रा.लि. बीच भिडियो केवाइसी प्रणाली (GiblLiveBanking)विकास र कार्यान्वयनका लागि भएको सम्झौतासँगै बैंकले यो सेवा सुचारु गरेको हो ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक कल्याण विक्रम पाँडे र डिजिटल नेटवर्क प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अरुण खत्रीले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पश्चात ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अनलाइन भिडियो कलमार्फत आफ्नो केवाइसी अपडेट गर्न सक्नेछन् । बैंकले सुचारु गरेको यस सेवाले ग्राहकहरु प्रत्यक्षरुपमा लाभान्वित हुने बैंकको विश्वास रहेको छ । आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस किसिमका नयाँ योजनाहरु ल्याउदै आएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका २८७ शाखा, २५२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

वि.सं.२०७९ वैशाख १४ बुधवार ११:३७ मा प्रकाशित

You can share this post!

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

कामीरिता ३०औँ पटक सगरमाथाको शिखरमा, नयाँ कीर्तिमान कायम   

वि.सं.२०८१ जेठ ९ बुधवार १०:०३

काठमाडौँ, ९ जेठ: कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण...

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार ०७:०१

म्याग्दी, ९ जेठ: मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र...

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

आज ९ जेठ २०८१ बुधवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ ९ बुधवार ०६:२०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘प्रेसर साफ्ट’ ‘ब्रेक थ्रु’   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:५७

म्याग्दी, ८ जेठ : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा...

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०७

काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र...

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : अध्यादेशलाई प्रतिस्थापन गर्न स्वीकृत प्रदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार २१:०१

मकवानपुर, ८ जेठ : बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश...