back
NMB ad

जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र

Kumari bank ad

चितवन । आगामी जेठ दोस्रो सातादेखि चितवनमा सवारी चालक अनुमतिपत्र दिने गरी तयारी थालिएको छ । यातायात व्यवस्था सेवा कार्यालयले चालक अनुमतिपत्र वितरणका लागि आवश्यक परीक्षास्थल र सवारीसाधनका लागि प्रस्ताव आह्वान गरेको छ ।

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव नेत्र शर्माका अनुसार यही वैशाख २ गते प्रयोगात्मक परीक्षाका लागि परामर्श सेवा प्रस्ताव आह्वान गरिएको छ । पन्ध्र दिनभित्र परेका प्रस्तावको अध्ययन गरी काम अघि बढाइने उहाँले बताउनुभयो । शर्माले भन्नुभयो, “हामीले गरेको तयारीअनुसार काम अघि वढाउन सकिएमा जेठ दोस्रो सातादेखि सवारी चालक अनुमतिपत्रको काम अघि बढ्छ ।” जिल्लामा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे साना मझौला र ठूला सवारीसाधनको चालक अनुमतिपत्र दिन लागिएको हो ।

कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवश्यक पर्ने परीक्षास्थल र सवारीसाधन उपलब्ध गराएवापत परीक्षार्थीसँग दस्तुर लिई सेवा प्रदानका लागि परामर्श सेवा माग गरेको हो । प्रयोगात्मक परीक्षास्थल भरतपुर महानगरपालिका वा चितवन जिल्लाअन्तर्गत पर्ने नगरपालिकाभित्र हुनुपर्ने छ । प्रयोगात्मकस्थल संवेदनशील स्थान अस्पताल, विमानस्थल, शिक्षण संस्था, राष्ट्रिय निकुञ्ज, राष्ट्रिय राजमार्ग, मन्दिरलगायत क्षेत्रबाट कम्तीमा २०० मिटर टाढा हुनुपर्ने शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षास्थल कार्यविधि, २०७८ मा उल्लेख भएबमोजिम नै छनोट गरिने छ ।” प्राविधिक प्रस्तावमा उत्तीर्ण भएको मात्र आर्थिक प्रस्ताव गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा धेरै सवारीसाधन गुड्ने भए पनि सवारी अनुमतिपत्र लिन हेटौँडा वा काठमाडौँ पुग्नुपर्ने बाध्यता छ । हाल यस प्रदेशमा हेटौँडामा एक ठाउँ र काठमाडौँमा चार ठाउँमा सवारी चालक अनुमतिपत्र दिइँदै आएको छ । प्रदेशमा झण्डै १८ लाख व्यक्तिसँग सवारी चालक अनुमतिपत्र भएको प्रारम्भिक तथ्याङ्क छ । शर्माका अनुसार वार्षिक एक लाख नयाँ अनुमतिपत्र वितरण गरिँदै आएको छ । चितवनमा सुरुमा सातामा एकपटक परीक्षा लिने गरी तयारी गरिएको छ ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र दिँदै गर्दा भीडभाड बढी हुने भएकाले जिल्ला समन्वय समितिको मातहतमा रहेको भवनमा कार्यालय स्थानान्तरण गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । साउनसम्ममा कार्यालय सार्ने तयारी छ । अनुमतिपत्रबाहेकका सबै काम यहाँ हुँदै आएका छन् ।

वि.सं.२०७९ वैशाख १४ बुधवार १२:०९ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...