काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिएको छ । पछिल्लो दिन ओरोला लागेको बजार आज भने ५.१७ अंकले वृद्धि भएको हो ।
साताको चौथो कारोबार दिन बजार परिसुचक २३७६.१७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त बैंकिङ्ग समुह २.८५ अंक, ब्यापार समूह ५.३९ अंक, माइक्रोफाइनान्स ३.५५ र म्युचुअल फण्ड ०.१ अंकले घटेको छ । उक्त दिन यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकम भने १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँमा सिमित भएको छ । आज २८ लाख ८५ हजार ३९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ वैशाख १४ बुधवार १५:३४ मा प्रकाशित