काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले बैंकिङ कसूर मद्दामा फरार व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला बर्दिया बारबर्दिया न.पा. वडा नं. १ जमुनिया स्थायी वतन भई हाल जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ३१, नयाँबानेश्वर बस्ने बर्ष ३४ का दिनेश भक्त वलीलाई पक्राउ गरेको हो ।
वलीले प्रभु वैंक लिमिटेड कोटेश्वर शाखा र एसबिआई वैंक लिमिटेड, नयाँबानेश्वर शाखामा रकम भुक्तान हुन भनी पर्याप्ता मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्यानमा चारी चेक दिएका थिए ।
उनलाई उच्च अदालत पाटनले फागुन १६ र १७ गते फैसला गरी बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम २३ लाख ६५ हजार ४ सय ३४ रुपैंया र बाह्र दिन कैद सजायँ हुने ठहर गरेको थियो ।
फैसला कार्यान्वयन गराउनका लागि उनलाई बैशाख १५ गते बिहीबार पक्राउ गरि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
वि.सं.२०७९ वैशाख १५ बिहीवार १६:०० मा प्रकाशित