back

नोक्सानी घटाउँदै चन्द्रागिरी हिल्स: आम्दानीमा पनि उल्लेखीय सुधार, अन्य सूचक कस्ता ?

काठमाडौं । चन्द्रागिरी हिल्सले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा कम्पनी अझै २ करोड ९४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । तर, गत वर्षको सोही अवधिको तुलनामा भने कम्पनीको नोक्सानी ह्वात्तै घटेको हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनी १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको संचालन आम्दानी १४१.२६ प्रतिशतले बढेर ४२ करोड ३ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको यो आम्दानी गत वर्षको सोही अवधिमा भने १७ करोड ४२ लाख २० हजार रुपैयाँ रहेको थियो । कम्पनीको संचालन आम्दानी वृद्धि भएकाले नोक्सानी घटेको हो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने ४४ करोड ९४ लाख १४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ७ सय पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १६ शुक्रवार १०:२७ मा प्रकाशित

You can share this post!

ADBL
वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वरिष्ठ प्रहरी हवल्दार मृत फेला   

वि.सं.२०८० जेठ २१ आइतवार १२:०५

ताप्लेजुङ २१ जेठ ।  ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा...

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

आँखुखोला जलविद्युतले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

वि.सं.२०८० जेठ २१ आइतवार १२:०१

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री...

घरभाडा नबढाउन आग्रह   

घरभाडा नबढाउन आग्रह   

वि.सं.२०८० जेठ २१ आइतवार ११:५६

चितवन, २१ जेठ ।  उद्योग वाणिज्य सङ्घ चितवनले व्यापारिक क्षेत्रको...

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा   

वि.सं.२०८० जेठ २१ आइतवार ११:३४

गण्डकी, २१ जेठ । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने...

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

लगानीकर्ता र सरकारबीच अर्थ मन्त्रालयमा छलफल, नेप्सेले बन्द गरेन कारोबार प्रणाली

वि.सं.२०८० जेठ २१ आइतवार ११:२८

काठमाडौं । बजेटमार्फत कर नीतिको विरोध जनाउँदै शेयर लगानीकर्ताहरुले आज...

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० जेठ २१ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन जेठ २१ गते आइतबार...