काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीले उक्त अवधिमा ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको चैत मसान्तसम्मको तुलनामा १६.१४ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९५ लाख ७८ हजार रुपैयाँ गरेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २०.३३ प्रतिशतले वृद्धि भई ८ करोड ५४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको चैत मसान्तमा कम्पनीको यो आम्दानी ७ करोड १० लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
गत वर्षको तेस्रो त्रैमासमा ५ करोड ३५ लाख ११ हजार रुपैयाँ संचालन मुनाफा गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने घटेर ३ करोड ७८ लाख ९६ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी १२ करोड १७ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ६ करोड ४७ लाख १३ हजार रुपैयाँ राखेको छ ।
उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको छ । गत वर्षको चैत मसान्तसम्ममा १.२५ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने घटेर ०.६८ प्रतिशतमा झारेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ५ पैसा रहेको छ ।
वि.सं.२०७९ वैशाख १६ शुक्रवार ११:५६ मा प्रकाशित