काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो कारोबार दिन अर्थात शुक्रबार ९९ हजार २ सय रुपैयाँ कारोबार भएको सुन आज घटेर ९९ हजार रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
उक्त दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनमा भने १ हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७९ वैशाख १८ आइतवार १०:५५ मा प्रकाशित