काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले सेयरधनी शिवलाल पुरीको राजिनामा स्वीकृत गरेको छ ।
कम्पनीको बैशाख १६ गते बसेको संचालक समितिको ४४८औं बैठकबाट संस्थाका सर्वसाधारण सेयधरनी पुरीको राजिनामा स्वीकृत गरेको हो ।
पुरीले आफ्नो व्यक्तिगत कारण दर्शाई राजिनामा दिएका थिए । पुरीले दिएको राजीनामा स्वीकृत गरेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत जानकारी दिएको हो ।
वि.सं.२०७९ वैशाख १९ सोमवार १०:५४ मा प्रकाशित