काठमाडौं । मंगलबार सेयर कारोबार नखुल्ने भएको छ । साताको दोस्रो कारोबार दिन सेयर कारोबार बन्द हुने भएको हो ।
ईद पर्व परेकाले सरकारले सार्वजनिक बिदा दिएसँगै आज सेयर कारोबार बन्द हुने भएको हो । अब सेयर कारोबार भोलि अर्थात बुधवार बिहान ११ बजे खुल्नेछ ।
साताको पहिलो कारोबार दिन अर्थात सोमबार भने सेयर बजारमा भारी गिरावट आएको थियो । उक्त दिन बजार ४८.७३ अंकले घटेको हो ।
सोमबार बजार परिसुचक पनि २३०८.७४ अंकको बिन्दुमा पुगेर बन्द भएको थियो । उक्त दिन सबै समूहहरु राताम्मे बनेका थिए ।
उक्त दिन १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको ३९ लाख ७८ हजार ७९ कित्ता सेयर खरिदबिक्री थियो ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १०:३१ मा प्रकाशित