back
NMB ad

४८ प्रतिशतले घट्यो गुराँस लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा १ करोड ५ लाख १३ हजार रुपैयाँ नाफा गरेको छ ।

मंगलबार कम्पनीको सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

तर, कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने ४७.९२ प्रतिशतले कमी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड १ लख ८९ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि १०.१६ प्रतिशतको गिरावट आएको छ । गत वर्षको चैत मसान्तसम्ममा ५ करोड ३७ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने ४ करोड ८३ लाख १३ हजार रुपैयाँ रहेको छ ।

यस्तै, चालु आवको नौ महिनामा कम्पनीको संचलानमा मुनाफा पनि ५७.४५ प्रतिशतको गिरावट आई १ करोड ६५ लाख २१ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीको यो मुनाफा ३ करोड ८ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पुँजी ९ करोड ७५ लाख रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने ३ करोड ९ लाख ५ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको खराब कर्जा भने झिनो सुधार देखिएको छ । गत वर्षको तेस्रो त्रैमासमा ४.९० प्रतिशतले रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ४.८३ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटव

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

र्थ १३१ रुपैयाँ ७० पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख २० मंगलवार १३:३५ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...