back
NMB ad

सूचीकरणको प्रक्रियामा दुई कम्पनीको आईपीओ, पहिलो कारोबारका लागि कुनको ओपन रेञ्ज कति ?

Kumari bank ad

काठमाडौं । यति बेला दुई लघुवित्त वित्तीय कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरणको प्रक्रियामा रहेको छ ।

छुट्टाछुट्टै मितिमा सर्वसाधारणका लागि जारी गरेको आईपीओ नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेका हुन् ।

आईपीओ जारी गरि बाँडफाँड समेत सम्पन्न गरेका उपकार लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकरणको प्रक्रियामा रहेको हो ।

उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ वैशाख ९ गते शुक्रबार बाँडफाँड सम्पन्न भएको भयो । कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड भएको थियो ।

गोलाप्रथाबाट २२ हजार ११५ जनाले हात पारे । यीमध्ये भाग्मानी २२ हजार १०९ जनाले १०÷१० कित्ता र भाग्यमानी ६ जनाले ११÷११ कित्ताका दरले सेयर हात पारेका हुन् ।

अहिले कम्पनीको आईपीओ सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओे पहिलो कारोबारको लागि ओपन रेञ्ज ४०३ रुपैयाँ ९१ पैसादेखि १ हजार २११ रुपैयाँ ७३ पैसा पाउने देखिएको छ ।

कम्पनीको २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ ४०३ रुपैयाँ ९१ पैसा रहेको छ । जसको आधरामा कम्पनीको आईपीओ उक्त ओपन रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीले २०७८ चैत २५ गतेदेखि २९ गतेसम्म २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला थियो ।

जसमध्ये ३ हजार २८१ कित्ता कर्मचरीकोे लागि छुट्याएको, ११ हजार ८१३ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

यता, अघिल्लो बिहीबार अर्थात बैशाख १५ गते सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भईसकेको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँड गरिएको थियो ।

कम्पनीको आईपीओ ३६ हजार ९४८ जना सर्वसाधारणले १०/१० कित्ता सेयर हात पारेका छन् । यीमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता सेयर पाएका छन् ।

कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले गत वैशाख २ गतेदेखि ६ गतेसम्म उक्त आईपीओ निष्काशन गरेको थियो ।

कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओ यति बेला सूचीकरणको प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओ पहिलो कारोबारका लागि ३५५ रुपैयाँ ३६ पैसादेखि १ हजार ३३ रुपैयाँ ८ पैसा ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को वास्तविक प्रतिसेयर नेटवर्थ २४४ रुपैयारुँ ३६ पैसा रहेको छ । जसका कारण कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ३५५ रुपैयाँ ३६ पैसादेखि १ हजार ३३ रुपैयाँ ८ पैसा ओपन रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पहिलो कारोबारका लागि प्रतिसेयर नेटवर्थको तीन गुणासम्म ओपन रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ वैशाख २१ बुधवार १३:११ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:०६

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागी घटाउन सघाउने   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:५१

काठमाडौँ, २३ वैशाख : गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो...

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...